काठमाडौं महानगरका तीन विभागीय प्रमुख फेरिए

काठमाडौं महानगरका तीन विभागीय प्रमुख फेरिए

काठमाडौं : काठमाडौं महानगरपालिकामा तीन विभागीय प्रमुख फेरिएका छन्। महानगरको कार्यसम्पादन सम्झौता अनुसार विभागीय प्रमुख फेरिएको महानगरले जनाएको छ।

परिवर्तित जिम्मेवारी अनुसार सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल खरिद एकाइ विभागमा आएका छन्।

खरिद एकाइ विभागका प्रमुख डा. शिवराज अधिकारीलाई सार्वजनिक निजी साझेदारी एकाइको जिम्मेवारी दिइएको छ। 

महानगरका अनुसारसार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलाई सूचना प्रविधि विभाग पठाइएको महानगरले जनाएको छ। 

४ भदौ, २०८०, १३:१३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।