दुई सहकारीको दर्ता खारेज गर्ने महानगरको निर्णय

दुई सहकारीको दर्ता खारेज गर्ने महानगरको निर्णय

काठमाडौं : काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ।

सोमबार सार्वजनिक सूचना निकालेर महानगरको सहकारी विभागले दुईवटा सहकारी संस्थाको दर्ता खारेजी भएको जनाएको हो।

साउन १६ गते बसेको बैठकले वडा नम्बर ५ मा कार्यालय रहेको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र वडा नम्बर ७ मा कार्यालय रहेको सुकस बचत तथा ऋण सहकारी संस्थाको दर्ता खारेज गर्ने निर्णय गरेको हो।

ज्येष्ठ नागरिकको दर्ता नम्बर २५०२÷०६६–०६७ र सुकरको दर्ता नम्बर १९३७÷०६५–६६ रहेको थियो।

४ भदौ, २०८०, ०९:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।