कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन गर्न महानगरको निर्देशन

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्थापन गर्न महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले मातहतका सामुदायिक विद्यालयहरूलाई कक्षा १० सम्मको लागि दिवा खाजा व्यवस्थापन गर्न निर्देशन दिएको छ।

शुक्रबार एक परिपत्र जारी गर्दै महानगरले सामुदायिक विद्यालयमा पढ्ने १० कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्थापन गर्न निर्देशन दिएको हो।

यसअघि संघीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजास्वरूप १५ रुपैयाँ दिँदै आएकोमा महानगरले त्यसमा १५ रुपैयाँ थप गरेर प्रति विद्यार्थी ३० रुपैयाँ पुर्याएको छ।

साथै उसले १० कक्षासम्मका विद्यार्थीका लागिसमेत प्रतिविद्यार्थी ३० रुपैयाँ छुट्याएको हो। 

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले २०८० भदौबाट खाजाको व्यवस्था गर्न र अर्को सूचना जारी भएपछि माग फारम पेश गर्न भनेका छन्।

१ भदौ, २०८०, २१:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।