कागबेनीमा बाढीले घर, बाटो र पुल बगायो, उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध

कागबेनीमा बाढीले घर, बाटो र पुल बगायो, उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध
फाइल फोटो

म्याग्दी : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर बगाएको छ। बाढीले प्रहरी चौकी र पुल पनि बगाएको हो।  

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिंड्ने पुल, दुई वटा गाडी र तीन वटा  विद्युतका पोल बगाएको बताए।

कागबेनीभन्दा माथिको तिरिखोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए।

बाढीका कार‌ण कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । 

२९ साउन, २०८०, ०८:१४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।