कपनकाे खहरेमा चल्यो महानगरको दुई वटा डोजर

कपनकाे खहरेमा चल्यो महानगरको दुई वटा डोजर
तस्बिर– मनहरि चापागाईं

काठमाडौं : कपनको खहरे खोलामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले डोजर चलाएको हो।

काठमाडौं महानगर–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा पर्ने खहरे खोला खोल्न अहिले दुई वटा डोजर प्रयोग भइरहेका छन्।

महानगरले बिहीबार नै सो क्षेत्रमा डोजर चलाउन खोजे पनि विवाद भएपछि शुक्रबार चाबहिलस्थित नापी कार्यालयमा नक्सासहित दुवै पक्षको सहमति भएपछि काम थालिएको हो।

२६ साउन, २०८०, १७:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।