राधाकृष्ण रथयात्रामा देशभरका महानगर प्रमुखलाई निम्तो

राधाकृष्ण रथयात्रामा देशभरका महानगर प्रमुखलाई निम्तो

काठमाडौं : विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रामा देशभरका पाँच वटै महानगरका प्रमुखलाई निमन्त्रणा गरिएको छ।

कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्रामा मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखसहित देशका पाँचै महानगरका प्रमुखलाई निमन्त्रणा गरिएको हो।

रथयात्रामा नेपाल र भारतका हजारौं श्रद्धालु एवं भक्तालु सहभागी हुने गरेका छन्।

रथयात्रालाई सहज बनाउन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वको टोलीले रथ घुमाउने रुटमा पर्ने केवल, इन्टरनेट, विद्युत्को तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरेको छ।

रथ घुमाउन सहज हुने गरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने प्रमुख कोइरालाले बताउनुभयो । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उहाँले जानकारी दिनुभयो । 

प्रमुख कोइरालाले विराटनगरको पहिचानसँगथ जोडिएकाले यसपटकको रथयात्रालाई भब्य बनाइने बताए। यसपटक रथयात्रा महानगरको संयोजनमा हुँदैछ।

२६ साउन, २०८०, १५:१३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।