सीडीओको ध्यानाकर्षणपछि रास्वपाले कार्यकर्तालाई भन्यो, 'सरोकालावालासँग समन्वय गर्नू'

सीडीओको ध्यानाकर्षणपछि रास्वपाले कार्यकर्तालाई भन्यो, 'सरोकालावालासँग समन्वय गर्नू'

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण गराएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना कार्यकर्तालाई सरोकारवालासँग समन्वय गर्न निर्देशन दिएको छ। 

आज एक सूचना जारी गर्दै चितवन जिल्ला प्रशासनले लिखोलालगायत ठाउँहरूमा सुन्तला रङको ज्याकेटमा RAT लेखी वाकीटकी सञ्चारसहित खटिएका युवाको फोटोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। 

रास्वपाका R.A.T टिमले सञ्चार उपकरण वाकीटकी पनि बिनाअनुमति चलाएको भन्दै जिल्ला प्रशासनले उक्त सञ्चार साधन स्वीकृति र दर्तावाल हो/होइन छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको थियो। 

चितवन प्रशासनको उक्त सूचनापछि रास्वपाले 'आम नेपाली जनताका दैनिक जीवनमा आइपर्ने कठिनाइहरूलाई समाधानमा साथ दिन तथा नागरिकका समस्या सहजीकरणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले विशुद्ध समाज हितका हेतु RAPID एक्सन टीम (RAT) गठन गरेको हो' सूचना निकालेर भनेको छ। 

साथै नागरिकका समस्या समाधान गर्न सहजीकरणका लागि खटिनुअघि स्थानीय निकाय र सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र अनुमति लिन भनेको छ। 

साउन २४, २०८० बुधबार १७:०१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।