टप फाइभ : गृहमन्त्रीले हात जोड्दासमेत एमालेले छाडेन छानविन समितिको रटान, लुम्बिनीमा भाग पुर्याउन मन्त्रालय थपिँदै

टप फाइभ : गृहमन्त्रीले हात जोड्दासमेत एमालेले छाडेन छानविन समितिको रटान, लुम्बिनीमा भाग पुर्याउन मन्त्रालय थपिँदै

काठमाडौं : मंगलबार प्रतिनिधिसभाको बैठक बस्यो। बैठकमा प्रतिनिधि सभा सदस्यहरूले सुन तस्करीको विषयमा आफ्ना भनाइ राखे।

सत्तारुढ दलहरूले सीआईबीले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने बताए भने प्रमुख प्रतिपक्षी दलले उच्चस्तरीय छानविन समितिको उही रटान लगायो।

सोही क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखे। उनले सीआईबीलाई ३५ दिन अनुसन्धान गर्न दिन र त्यसपछि चित्त नबुझे विचार गर्नसकिने बताए।

उनले यस्तो अभिव्यक्ति राखे पनि एमाले आफ्नो अडानबाट पछि हटेन र उच्चस्तरीय छानविन समिति गठन नभएसम्म सदन चल्न नदिने अडान कस्यो।

अब लागौं टप फाइतर्फः
मंगलबार बिहान देशको आर्थिक स्थितिका कारण मन्त्रालय नबढाउने प्रतिबद्धता व्यक्त गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले अन्ततः गठबन्धनका दलहरुलाई भागबन्डा पुराउनकै लागि मन्त्रालय थप गर्ने तयारी गरेको समाचार लेख्यो। गठबन्धन दलहरूलाई भागबन्डा मिलाउनकै लागि मुख्यमन्त्री चौधरी हाल मन्त्रालय बढाउन लागि परेका छन्।
पूरा समाचारः भागबन्डा मिलाउन लुम्बिनीमा मन्त्रालय थपिंदै, निर्मला कुर्मी हत्याका आरोपी बादशाह समेत मन्त्री बन्ने लाइनमा

दिउँसो उकेराले ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई(जीबी)ले सहकारीका बचतकर्ताहरूको रकम दुरूपयोग गर्दै खोलेका कम्पनीको सम्पत्ति रोकिएको समाचार लेख्यो। उनी प्रमुख रहेका कम्पनीहरू सहकारी ठगीको अनुसन्धानमा रोकिएका हैनन्, बैंकिङ कसुरमा रोकिएका हुन्।
पूरा समाचारः ग्यालेक्सी फोरकेका प्रमुख जीबी राईको सात कम्पनीको सम्पत्ति रोक्का, सहकारीका बचतकर्ताहरूको १६ अर्ब जोखिममा

यस्तै उकेराले दिउँसो नियमित स्तम्भ चौथो अंग लेख्यो। चौथो अंगमा एपीवान टेलिभिजनमा आवद्ध समा थापाको अनुभव समेट्यो। उनले नेपालको न्युज रुममा सिकाउने संस्कार हराउँदै गएको बताउँदै अग्रज पुस्ताले नयाँ पुस्तालाई हिजोमा दिन जसरी ग्रुम गरेको देखिन्थ्यो अहिले त्यो नदेखिने बताए।
पूरा समाचारः चौथो अंगः टिक्ने हैन बिक्ने कन्टेन्टतिर लहसिए मिडिया, भ्युजको लोभमा न्युज मर्न थाल्यो

यस्तै साँझपख उकेराले गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइसहितको समाचार लेख्यो। एमालेले अवरुद्ध गरेको संसद मंगलबार खुलेको थियो। त्यहाँ सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सीआईबीलाई ३५ दिन अनुसन्धान गर्न दिन आग्रह गरेका थिए। उनले हात जोडेर सरकार सही ट्र्याकमा भएको दाबी गर्दै यसलाई डिरेल नगर्न अनुरोध गरे।
पूरा समाचारः सुन तस्करी प्रकरणमा गृहमन्त्रीले हात जोड्दै भने– यसलाई डिरेल गर्ने काम नगरौँ, प्लिज!

त्यसैगरी उकेराले मछिन्द्र फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी)को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको दोस्रो चरणमा पुगेको समाचार लेख्यो। दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३(२ गोलले हराउँदै दोस्रो चरणमा स्थान बनायो।
पूरा समाचारः पारो एफसीलाई पराजित गर्दै मछिन्द्र एफसी एएफसी कपको दोस्रो चरणमा

२३ साउन, २०८०, २१:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।