पाकिस्तानमा फेरि विष्फोट, विवाहबाट फर्किरहेका ७ जनाको मृत्यु

पाकिस्तानमा फेरि विष्फोट, विवाहबाट फर्किरहेका ७ जनाको मृत्यु

पाकिस्तानमा फेरि बम विस्फोट भएको छ। एउटा सुरुङमा विस्फोट भएको हो। दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा सात जनाको मृत्यु भएको छ। प्रहरीले घटनामा बलुच लिबरेसन फ्रन्ट संलग्न भएको आशंका गरेको छ। घटना पाकिस्तानको बलुचिस्तान प्रान्तको हो। 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तानको पञ्जगुर जिल्लामा एउटा गाडीमा हमला भएको हो।

डिप्टी कमिश्नर अमजद सोमरोका अनुसार बालागाटार युसीका अध्यक्ष इश्तियाक याकुब केही व्यक्तिसँग विवाह समारोहबाट फर्किरहेका थिए। गाडीमा रिमोट विस्फोटक उपकरण जडान गरिएको थियो। कार बालगाटार क्षेत्रको चकर बजारमा पुग्ने बित्तिकै विष्फोट भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेहरू बालटागर र पञ्जगुरका बासिन्दा हुन्। मृतकमध्ये चार जनाको आफन्तले पहिचान गरेका छन्।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एक जिल्लामा आइतबार पनि एक भयानक बम विस्फोट भएको थियो। उक्त विष्फोटमा कम्तीमा ४५ जनाको मृत्यु भएको थियो। 

साउन २३, २०८० मंगलबार १०:५९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।