पाकिस्तानको कराचीमा भारी वर्षाका कारण रेल दुर्घटना, २५ जनाको मृत्यु

पाकिस्तानको कराचीमा भारी वर्षाका कारण रेल दुर्घटना, २५ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको नबावशाह जिल्लामा आइतबार दिउँसो भएको रेल दुर्घटनामा २५ जनाको मृत्यु भएको छ।

१६३ जना घाइते भएका छन्। जसमध्ये ३१ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। 

सञ्चारमाध्यमका अनुसार रावलपिण्डीबाट छुटेको हजारा एक्सप्रेस सहारा स्टेशन नजिकै पटरीबाट खसेको हो।

केही बोगी पनि पल्टिएर नजिकैको पोखरीमा खसेका छन्। हालसम्म २२ जनाको शव निकालिएको छ। ३१ जना गम्भीर घाइते भएका छन्।

अधिकारीका अनुसार भारी वर्षाका कारण ट्र्याकमा क्षति पुगेको र दुर्घटना भएको हो।

साउन २१, २०८० आइतबार १६:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।