सन्दीप सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० को फाइनलमा
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स ग्लोबल टी-२० क्यानडा २०२३ को फाइनलमा पुगेको छ।
पहिलो क्वालिफायरमा सर्रेले भ्यानकुभेर नाइट्सलाई ३८ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
जितको लागि १ सय ४० रनको मध्यम विजयी लक्ष्य पछ्याएको नाइट्स १६.४ ओभरमा १ सय १ रनमा अल आउट भयो। नाइट्सका लागि फबिएन एलेनले २० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रनको योगदान दिए। मोहम्मद रिजवान ४ र नाजिबउल्लाह जद्रान १५ रनमा आउट भए।
सर्रेका लागि तीव्र गतिका बलर म्याथ्यु फोर्डले २।४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। सन्दीपले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सर्रेले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो।
सर्रेका लागि कप्तान इफ्तिखर अहमदले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए। मोहम्मद हरिस २०, जतिन्दर सिंह १५, लिटन दास १६ र आयन खानले २९ रन बनाए।
नाइट्सका लागि तीव्र गतिका बलर जुनैद सिद्दिकले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। रुबेन ट्रम्पलम्यान र कार्तिक मयाप्पनले समान एक विकेट लिए।
फाइनल खेल आइतबार हुनेछ। दोस्रो क्वालिफायरमा दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्ट्रियल टाइगर्स र नाइट्सबीच आज राती प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले उपाधिको लागि सर्रेसँग खेल्नेछ।
साउन २१, २०८० आइतबार ०७:४९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।