आन्दोलन गर्ने चेतावनी दिएपछि गौर हत्याकाण्डका पीडितलाई भेटे प्रचण्डले

आन्दोलन गर्ने चेतावनी दिएपछि गौर हत्याकाण्डका पीडितलाई भेटे प्रचण्डले

काठमाडौँ : आन्दोलन गर्ने चेतावनीपछि गौर हत्याकाण्डका पीडितसँग शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेट गरेका छन्।

गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो। 

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएका संघर्ष समितिको संयोजक रूपसागर देवीले जानकारी दिइन्। 

गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन्। उनीहरूले धर्ना र प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

साउन २०, २०८० शनिबार ११:५०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।