रास्वपामा नपढेकालाई छैन ठाउँ : पदाधिकारी हुन स्नातकोत्तर र पालिका विभाग प्रमुख हुन स्नातक चाहिने

रास्वपामा नपढेकालाई छैन ठाउँ : पदाधिकारी हुन स्नातकोत्तर र पालिका विभाग प्रमुख हुन स्नातक चाहिने
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागका पदाधिकारीका लागि विभिन्न मापदण्ड बनाएको छ।

हिजो बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले अब पार्टीको केन्द्रीय विभागमा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) गरेको हुनुपर्ने निर्णय गरेको छ।

यस्तै सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने पनि मापदण्ड तोकेको छ। 

यसैगरी प्रदेश विभाग पदाधिकारी, सदस्य वा पालिका विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातक (ब्याच्लर्स) गरेको हुनुपर्नेछ। यस्तै, पाँच वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ।

पालिका विभाग पदाधिकारी र सदस्य हुन १२ कक्षा पास भएको हुनुपर्ने छ। यस्तै, दुई वर्ष अनुभव भएको तथा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ। 

अब प्रदेश समितिबाहिरबाट पनि विभागको प्रमुख ल्याउन सकिने छ 

साउन १९, २०८० शुक्रबार ०७:२०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।