मापदण्डविपरीतका विज्ञापन बोर्ड हटाउन महानगरको निर्देशन

मापदण्डविपरीतका विज्ञापन बोर्ड हटाउन महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ।

बिहीबार सार्वजनिक सूचना निकालेर आफ्नो क्षेत्रभित्र मापदण्डविपरीतका बोर्ड हटाउन उसले निर्देशन दिँदै महानगरले मापदण्डअनुरूप डिजिटल विज्ञापन बोर्ड राख्ने प्रक्रियामा आउनसमेत आग्रह गरेको छ।

डिजिटल विज्ञापनका लागि इच्छुक व्यक्ति, फर्म, सङ्घसंस्थाले महानगरपालिकाको राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइको कार्यालय काठमाडौं प्लाजा कमलादीमा निवेदन दिन सक्ने महानगरले जनाएको छ।

तोकिएको समयमा रीतपूर्वकको निवेदन नदिने तथा मापदण्ड विपरीतका बोर्ड महानगरले हटाउनेछ तथा तिर्न बाँकी विज्ञापन कर र बोर्ड बन्द गराउँदा लागेको खर्च सम्बन्धित विज्ञापन दाता वा घरधनीबाट असुलउपर गरिने समेत जनाइएको छ।

१८ साउन, २०८०, १४:२९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।