एमालेले सुन तस्करीको अनुसन्धान प्रभावित पारेको जनार्दनको आरोप

एमालेले सुन तस्करीको अनुसन्धान प्रभावित पारेको जनार्दनको आरोप

काठमाडौँ : माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन तस्करीको विषयलाई लिएर एमालेले संसद् अवरोध गर्नुको अर्थ नहुने बताए।

उनले एमालेले अहिले सुन तस्करीबारे भइरहेको अनुसन्धानै प्रभावित पार्नेगरी एमालेले संसद् अवरोध गरेको भन्दै यसबारे संसद् अवरोध गर्नु उचित नभएको बताए।

सय किलो सुन तस्करीबारे सरकारले अनुसन्धान गरिरहेको र एमालेले अहिले अनुसन्धानलाई सघाउनुपर्ने उनले बताए।  बुधवार केन्द्रीय समिति बैठकमा भाग लिन कमलादीमा पुगेका उनले पत्रकारहरूमाझ सरकारले अहिले अनुसन्धान गरिरहेकाले एमालेले सघाउनुपर्ने र सरकारले गरेको अनुसन्धान चित्त नबुझे उच्चस्तरीय छानबिनको माग गर्नुपर्ने धारणा राखेका थिए। 

सय किलो सुन तस्करीबारे अहिले राजश्व अनुसन्धान विभागले सय किलो बढी सुन तस्करीको अनुसन्धान गरिरहेको छ। सुन तस्करीमा एकपछि अर्को गर्दै माओवादी केन्द्रका उच्चतहका नेताहरू मुछिन थालेपछि एमालेले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ। एमालेका मुख्य सचेतक पदम गिरीले समिति गठन नभएसम्म एमालेले संसद् चल्न नदिने उकेरासँगको विशेष संवादका खुलाएका छन्।

 

साउन १७, २०८० बुधबार १३:३८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।