घरायसी विवाद चर्किएपछि भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

घरायसी विवाद चर्किएपछि भरुवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँ : व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एक जनाले श्रीमतीको हत्या गरेका छन्।

व्यास-५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्। 

गएराति ११ बजे श्रीप्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। 

श्रीप्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ। घरायसी विवादका कारण उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

साउन १७, २०८० बुधबार ०७:४८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।