अष्ट्रेलियाविरुद्ध पाँचौँ टेस्ट जितेर इंग्ल्याण्डले गर्यो सिरिज बराबरी
इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको पाँचौँ टेस्ट जितेर सिरिज बराबरी गरेको छ।
वर्षाले प्रभावित पाँचौँ टेस्टको अन्तिम दिन जिततर्फ उन्मुख अस्ट्रेलियालाई ३३४ रनमा अल आउट गर्दै इंग्ल्याण्डले टेस्ट ४९ रनले जितेको थियो ।
यसअघि इंल्याण्डले पहिलो इनिङमा २८३ र दोस्रो इनिंगमा ३९५ रन बनाएको थियो। त्यस्तै अस्ट्रेलियाले पहिलो इनिङमा २९५ रन बनाएको थियो।
पाँच खेलको सिरिजमा २९० ले पछि परेको इंग्याण्डले पछिल्ला तीन खेलमा शानदार कम ब्याक गरेको थियो। जसमध्ये चौथो खेलमा पनि जितको नजिक रहेको इंग्याण्डका लागि वर्षा बाधक भएपछि बराबरी भएको थियो।
इंग्ल्याण्डले तेस्रो र पाँचौँ टेस्ट जितेर सिरिज बराबरी गरेको हो ।
पाँचौँ टेस्टका दुवै इनिङमा ७ विकेट लिएका इंग्ल्याण्डका क्रिस वोक्सलाई प्लेयर अफ द म्याच अवार्ड दिइयो भने वोक्स र अस्ट्रेलियाका बलर मिचेल स्टार्कलाई प्लेयर अफ द सिरिज अवार्ड दिइएको छ।
सिरिजमा वोक्सले कुल १९ र स्टार्कले कुल २३ विकेट लिएका छन्।
साउन १६, २०८० मंगलबार ०७:४८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।