जनमतका मन्त्रीको राजीनामापछि मधेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनमतका मन्त्रीको राजीनामापछि मधेशमा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले सोमबार छैठौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी कांग्रेसका मोहमद समिमले पाएका छन् भने श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले सम्हाल्ने भएका छन्।

सोमबार नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन्।

मन्त्रालय खोसेर बिना विभागीय मन्त्री बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले आजै पार्टीको निर्देशनमा राजीनामा दिएका थिए।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए।

त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए।

१५ साउन, २०८०, १८:३१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।