एक लाख घुससहित बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार पक्राउ

एक लाख घुससहित बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा प्रहरी वरिष्ठ हवल्दारलाई नियन्त्रणमा लिएको छ।

आयोगले प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई नियन्त्रणमा लिएकाे विभागका प्रवक्ता भोला दाहालले जानकारी दिए।

दाहालका अनुसार सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिइसकेका थिए।

आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट सिंहलाई नियन्त्रणमा लिएको हो। उनीमाथि अनुसन्धान भइरहेको छ।

१० साउन, २०८०, २२:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।