रवीन्द्र मिश्रले पनि लेखे, 'म आफैं उपस्थित भएर निर्वाचन खर्च बुझाएको थिएँ, कसरी यस्तो त्रुटि भयो ?'

रवीन्द्र मिश्रले पनि लेखे, 'म आफैं उपस्थित भएर निर्वाचन खर्च बुझाएको थिएँ, कसरी यस्तो त्रुटि भयो ?'

काठमाडौँ : तोकिएको समयमा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले गरेको जरिवानाप्रति राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाएका छन्।  

मिश्रले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’ को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मंसिर २०७९ मा काठमाडौँ क्षेत्र नं १ को निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको बताएका छन्। 

हिजो आयोगले तोकिएको समयमा निर्वाचन खर्च विवरण पेस नगर्ने केही उम्मेदवारलाई जरिवाना गरेको जनाएको थियो। 

मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, 'कसरी हुन गयो यस्तो त्रुटि ?' 

साथै मिश्रले त्यसै दिन आफ्नो खर्च विवरणबारे जारी गरेको प्रेस विज्ञप्ति 'रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख' शीर्षकमा प्रमुख सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका पनि लेखेका छन्। 

खर्च विवरण नबुझाउनेहरूको सूची निकालेको निर्वाचन आयोग काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको पनि नाम छ। आयोगको उक्त निर्णयप्रति गौतमले पनि आयोगले कारबाही गर्न उल्लेख गरेको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ दफा ३१ (४) बमोजिम आफ्नो नाम पर्नुपर्ने कुनै कानुनी आधार नभएको भन्दै आयोगले कानुनको गलत व्याख्या गरी, बिनाकानुनी आधार नाम दुरुपयोग गरेको बताएकी छन्।  

 

साउन १०, २०८० बुधबार ०८:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।