५५ महिनापछि विदेशी भूमिमा कोहलीको टेस्ट शतक, विवाहको औंठी चुमेर साटे खुसी

५५ महिनापछि विदेशी भूमिमा कोहलीको टेस्ट शतक, विवाहको औंठी चुमेर साटे खुसी

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा भारतीय टोली बलियो स्थितिमा छ।

दोस्रो दिनको खेल सकिँदासम्म भारतले ३५२ रनको अग्रता बनाएको छ। दोस्रो दिन भारतका तर्फबाट विराट कोहलीले शतक प्रहार गरेका छन्।

उनले दर्शकहरूसमक्ष शतकको खुसियाली मनाएका थिए। अल्जारी जोसेफबाट रनआउट हुनुअघि कोहलीले २०६ बलमा १२१ रन बनाए। उनी आफ्नो टेस्ट करियरमा तेस्रो पटक रनआउट भएका हुन्।

कोहलीबाहेक भारतका थप ४ ब्याट्सम्यानले अर्धशतक बनाए। रविन्द्र जडेजाले दोस्रो दिनको खेलमा अर्धशतक बनाए। 

कोहलीले आफ्नो अन्तर्राष्ट्रिय करियरको ७६ औं शतक प्रहार गरेका हुन्। शतक प्रहार गरेपछि उनी विवाहको औंठीमा चुम्बन गरेको देखिएको थियो। साथै दर्शकको अगाडि झुकेर खुसी मनाए। 

कोहलीले ५५ महिनापछि विदेशी भूमिमा टेस्ट शतक बनाएका हुन्। उनले यसअघि डिसेम्बर २०१८ मा अष्ट्रेलियाविरुद्ध पर्थमा शतक बनाएका थिए।

साउन ६, २०८० शनिबार ०८:५३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।