इन्टर मियामीमा मेस्सीको डेब्यु, अतिरिक्त समयमा फ्रिकिकमार्फत शानदार गोल

इन्टर मियामीमा मेस्सीको डेब्यु, अतिरिक्त समयमा फ्रिकिकमार्फत शानदार गोल

लियोनल मेस्सीले ९४ औं मिनेटमा गरेको शानदार फ्रिकको मद्दतमा इन्टर मियामीले जित निकालेको छ। 

लिग्स कप २०२३ अन्तर्गत क्रुज अजुलविरुद्ध मियामीले २-१ को जित निकालेको हो। उक्त क्रममा मेस्सीले बराबरी हुनै लागेको खेलमा जित निकाल्न सफल भए। 

इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले गोल गरे। 

दोस्रो मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन्। उनीसँगै सर्जियो बुस्केट्स पनि मेदन प्रवेश गरेका थिए।

खेलको ४४ औं मिनेटमा रोबर्ट टेलरले मायमीलाई अग्रता दिलाएका थिए। ५४ औं मिनेटमा मेस्सी र बुस्केट्स मैदान प्रवेश गरेका थिए। 

इन्ज्युरी समयमा मेस्सीलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि मायमीले फ्रिकिकको अवसर पाएको थियो। 

साउन ६, २०८० शनिबार ०८:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।