उपप्रधानमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा युवासंघको मसाल जुलुस (तस्बिरहरू)

उपप्रधानमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा युवासंघको मसाल जुलुस (तस्बिरहरू)
तस्बिर- नेपाल फोटो लाइब्रेरी

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ।

तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ।

मसाल जुलुश प्रदर्शनमा सहभागीहरूले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन्। उनीहरूले सुनका भरियालाई मात्र समाएर ठूलालाई उन्मुक्ति दिने प्रपन्च भइरहेको आरोप लगाएका छन्।

५ साउन, २०८०, २०:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।