क्विन्टल सुन तस्करीमा चिनियाँ र भारतीयसहित ६ जना समातिए, १० दिन थुनामा राख्न अदालतको अनुमति

क्विन्टल सुन तस्करीमा चिनियाँ र भारतीयसहित ६ जना समातिए, १० दिन थुनामा राख्न अदालतको अनुमति
बरामद सुन राष्ट्र बैंकको टक्सार विभागमा जोख्न लग्दै सशस्त्र प्रहरी।

काठमाडौँ : सय किलो बढी सुन तस्करी गरेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

उच्च अदालत पाटनले राजश्व अनुसन्धान विभागले पेस गरेका चिनियाँ र भारतीय नागरिकसहित ६ जनालाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

विभागले चार नेपाली, एक भारतीय र एक चिनियाँ नागरिकलाई तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो।

विभागले बुधवार ५३ वर्षीय रामकुमार भुजेल, २१ वर्षीय दिलीप भुजेल, ४९ वर्षीय हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो।

मङ्गलवार ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राई पक्राउ परेका थिए। बिहीबार प्रहरीले चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरेको थियो। सुन लुकाएको सामान नेपाल ल्याउन दिलीप भुजेल संलग्न देखिएका छन्। चिनिया नागरिक यो समूहको मुख्य नाइके देखिएका छन्।

राजश्व छलीको आरोपमा राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग नलिई आफैले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै लागि विभागले नै आरोपीहरूलाई न्यायिक हिरासतमा राख्न बिहीबार म्याद थप गराएको हो।

यस प्रकरणका अन्य सामग्री

साउन ४, २०८० बिहीबार १८:१७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।