महिला विश्वकप फुटबल आजदेखि, पहिलो पटक ३२ टिमबीच भिडन्त
एजेन्सी : फिफा महिला विश्वकप फुटबल बिहीबार (आज)देखि सुरु हुँदैछ। नवौं संस्करणको यो विश्वकप अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्।
यो महिला विश्वकपलाई हालसम्मकै ठूलो महिला विश्वकप मानिएको छ। किनभने यस संस्करणमा पहिलो पटक ३२ टिमबीच भिडन्त हुँदैछ भने संयुक्त आयोजक रहेको पनि यो पहिलो विश्व कप हो।
आज उद्घाटन दिन दुई खेल हुँदैछ। न्युजिल्यान्डको सबैभन्दा ठूलो स्टेडियम इडेन पार्कमा हुने उद्घाटन खेलमा नर्वेले आयोजक न्युजिल्यान्डका सामना गर्नेछ। अर्को खेलमा भने अर्को आयोजक अष्ट्रेलिया र आयरल्यान्डबीच भिडन्त हुनेछ।
अमेरिका महिला विश्वकपको डिफेन्डिङ च्याम्पियन टिम हो।
साउन ४, २०८० बिहीबार ११:४६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।