उत्तर कोरिया प्रवेश गरे अमेरिकी नागरिक

उत्तर कोरिया प्रवेश गरे अमेरिकी नागरिक

एजेन्सी : अनधिकृत रूपमा सीमा पार गरेर उत्तर कोरिया प्रवेश गरेका एक अमेरिकी नागरिकलाई त्यहाँको सरकारले हिरासतमा राखेको छ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्र अर्थात् डिमिलिटराइज्ड जोन छ।

गैरसैनिक क्षेत्र र दुवै राष्ट्रको संयुक्त सुरक्षा क्षेत्रको निरीक्षण गर्ने राष्ट्रसंघीय कमाण्डले उक्त अमेरिकी नागरिलाई सीमा पार गर्ने अनुमति नरहेको बताएका छन्।

‘उनी उत्तर कोरियाको हिरासतमा छन् भन्ने हामीलाई विश्वास छ,’ संयुक्त राष्ट्रसंघले भन्यो, ‘हामी यो घटना समाधान गर्न उत्तर कोरियाली जनसेनासँग वार्तामा छौं।’

गैरसैनिक क्षेत्र अर्थात् डिमिलिटराइज्ड जोन ल्यान्डमाइन नामक बम, बिजुलीका तार र सीसीटीभी क्यामेराको निगरानीले भरिएको छ।

उत्तर कोरियाबाट हरेक वर्ष हजारौं मानिसहरू गरिबी र अनिकालबाट भागेर अन्य देशहरूमा पुग्न प्रयास गर्छन्, तर तिनीहरूले यो क्षेत्र पार गर्न सक्दैनन्।

२०१७ मा उत्तर कोरियाका एक सैनिकले यो क्षेत्र पार गर्ने प्रयास गर्दा उनको शरीरमा ४० वटा गोली लागेको थियो। तर पनि उनी पछि बाँचेका थिए।

उत्तर कोरिया र अमेरिकाबीच लामो समयदेखि सम्बन्ध खराब छ। पछिल्लो समय पनि उत्तर कोरियाली शीर्ष नेता किम जोन उनकी बहिनीले अमेरिकासँग वार्ता नहुने बताएकी थिइन्।

साउन २, २०८० मंगलबार २०:०३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।