बिनासूचना सदस्यको खाताबाट रकम काटेको एनएमसी सहकारीले रकम फिर्ता गर्ने

बिनासूचना सदस्यको खाताबाट रकम काटेको एनएमसी सहकारीले रकम फिर्ता गर्ने

मेचीनगर : सदस्यको खाताबाट बिनाजानकारी रकम कटौती गरी राहत कोष अर्थात् सदस्य कल्याणकारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ। 

आज बसेको संस्थाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिएका हुन्। सदस्य कल्याण्कारी योजनाअन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको उनले जानकारी दिए। 

साथै सदस्यबाट योगदान गरिएको रकम सोही खातामा फिर्ता गरिने समेत उनले जानकारी दिएका छन्।

यसअघि बिनासूचना एनएमसीले ८० हजार ग्राहकको खाताबाट ७०० का दरले रकम काटेपछि व्यापक विरोध तथा आलोचना भएको थियो। उकेराले पनि यसबारे समाचार प्रकाशन गरेको थियो। 

एनएमसी सहकारीको बदमासी : ग्राहकलाई जानकारी नै नदिई रकम काट्यो

साउन २, २०८० मंगलबार १७:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।