भ्रष्टाचारीलाई कारबाही गर्नेबारे रवि भन्छन्- प्रधानमन्त्री र गृहमन्त्रीको खुट्टा दह्रो हाेस्, साथ चाहिए रास्वपा छेउमै छ

भ्रष्टाचारीलाई कारबाही गर्नेबारे रवि भन्छन्- प्रधानमन्त्री र गृहमन्त्रीको खुट्टा दह्रो हाेस्, साथ चाहिए रास्वपा छेउमै छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले खुट्टा दह्रो बनाउन आग्रह गरेका छन्।

रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा सरकारलाई आफ्नो पार्टीको साथ रहेको बताएका हुन्।

‘प्रधानमन्त्रीको खुट्टा दह्रो होस्, गृहमन्त्रीको खुट्टा दह्रो होस्, साथ चाहिएमा रास्वपा त्यही छेउमा बसेको छ, एकपटक बोलाए मात्र पुग्छ,’ उनले भने, ‘प्रतिपक्षी बेन्चमा बसेर पनि देशको बेथिति अन्त्य गर्नका लागि निशर्त र निस्वार्थ सहयोग गर्न रास्वपा तयार छ।’

लामिछानेले भ्रष्टाचारको फाइललाई सत्ता टिकाउने भाँडो नबानाउन आग्रह गर्दै त्यस्ता फाइल अझै खोल्न आग्रह गरे।

‘सरकारले भ्रष्टाचारको फाइल खोल्ने कामको सुरूआत गरेको छ। त्यो फाइल खोल्नु र चलाउनु फरक कुरा हो। चलाएको मात्र हो खबरदार, खोलेको हो भने स्याबास,’ उनले थपे, ‘सानातिनालाई समाएजस्तो गरेर तर्साएजस्तो नहोस्। कसैलाई तर्साएर सरकार र सत्ता टिकाउने भाँडो मात्रै नबनोस् भ्रष्टाचारको फाइल।’
 

असार ३०, २०८० शनिबार १४:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।