कोरियामा भीषण बाढी : सात जनाको मृत्यु, ६ हजार मानिसलाई घर छाड्न आदेश

कोरियामा भीषण बाढी : सात जनाको मृत्यु, ६ हजार मानिसलाई घर छाड्न आदेश

एजेन्सी : दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन्।

सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ। पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन्।

स्थानीय सञ्चारमाध्यमले गोसानको केन्द्रीय काउन्टीका ६ हजार चार सयभन्दा बढी बासिन्दालाई शनिबार बिहान घर खाली गर्न आदेश दिइएको जनाएका छन्। 

बाढीपहिरोका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको अभिलेख रहेपनि त्यो अझ बढ्नसक्ने बताइएको छ। पहिरो र भवन भत्किँदा सात जनाको मृत्यु भएको हो।

कोरिया रेलरोड कर्पोरेशनका अनुसार सबै नियमित रेल सेवा राष्ट्रव्यापी रूपमा बन्द गरिएका छन् भने केही ‘बुलेट ट्रेन’ समयतालिका समायोजन गरी सञ्चालन भएका छन्।

असार ३०, २०८० शनिबार १३:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।