सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने मन्त्रिपरिषद्को निर्णय

सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : सरकारले सीता दाहालको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने भएको छ। 

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहालको निधनप्रति शोक प्रकट गर्दै नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्। 

दाहालको आज बिहान साढे ८ बजे नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो।

दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटमा दाहालको अन्तिम संस्कार गरिने छ।

२७ असार, २०८०, १३:५४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।