सीता दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता र उच्चपदस्थ अधिकारीहरू नर्भिकमा

सीता दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता र उच्चपदस्थ अधिकारीहरू नर्भिकमा

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जलि दिन राजनीतिक दलका शीर्ष नेता यतिबेला थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। 

सीता दाहालको आज बिहान साढे ८ बजे निधन भएको हो। 

नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा, रास्वपा सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रधान सेनापति प्रभुराम शर्मा, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलगायतहरू नर्भिक अस्पताल पुगेका छन्। 

सीता दाहालको शव आज ११ बजे माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि २ बजे दाहसंस्कारका लागि आर्यघाट लगिने छ। 

असार २७, २०८० बुधबार १०:२४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।