ओडिसाको न्युज च्यानलले लन्च गर्‍यो कृत्रिम समाचार बाचिका 'लिजा', रोबोर्ट भए पनि दुरुस्तै महिला

ओडिसाको न्युज च्यानलले लन्च गर्‍यो कृत्रिम समाचार बाचिका 'लिजा', रोबोर्ट भए पनि दुरुस्तै महिला

ओडिसाको निजी समाचार च्यानल ओटीभी ९ ले ९ जुलाईमा आफ्नो एआई पावर एंकर 'लिजा' लन्च गरेको छ। 

यो एआई न्युज एकंर एक कम्प्युटर जेनरेट गरिएको मोडेल (रोबोर्ट) हो, जुन ओडिशाको ट्रेडिसनल ह्यान्डलूम साडी लगाएर तयार पारिएको छ। 

लिजाले ओडिया र अंग्रेजीमा समाचार बाचन गर्न सक्छिन्।

ओटीभी नेटवर्कका अनुसार लिजाले अन्य धेरै भाषाहरू बोल्न सक्छिन्, तर अहिलेका लागि ओडिया र अंग्रेजी भाषामा समाचार बाचनमा ध्यान केन्द्रित गराइएको छ।

नेटवर्कले लिजाको परिचय ओडिशा टीभी पत्रकारिताका लागि कोसेढुंगा भएको बताएको छ। नेटवर्कको प्रेस विज्ञप्ति अनुसार आगामी दिनहरूमा लिजाको भाषालाई सुधार गर्ने प्रयासहरू पनि गरिरहेका छन्। 

यी भिडियोमा लिजाले आफ्नो परिचय दिएकी छिन्। ओडिशाको पहिलो एआई न्युज एकंर उनले ओटीभी नेटवर्कबारे पनि कुरा गरेकी छन्। 

असार २७, २०८० बुधबार ०८:२७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।