तीव्र गतिमा रहेको स्कुल बसले कारलाई ठक्कर दिंदा दिल्लीमा ६ जनाको मृत्यु

तीव्र गतिमा रहेको स्कुल बसले कारलाई ठक्कर दिंदा दिल्लीमा ६ जनाको मृत्यु

एजेन्सी : तीव्र गतिमा विपरीत दिशाबाट आएको स्कुल बसले कारलाई ठक्कर दिंदा दिल्लीमा ६ जनाको मृत्यु भएको छ।  

 दिल्ली–मीरुत द्रुतमार्गमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। जसमध्ये दुई जना बालबालिका रहेको बताइएको छ। दुर्घटनामा परि अन्य दुई जना गम्भीर घाइते भएका छन्।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बस चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ।

असार २६, २०८० मंगलबार १३:२७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।