तीन विद्यार्थीसहित ६ जनाको हत्या विद्यालयमै हत्या, एक जना पक्राउ

तीन विद्यार्थीसहित ६ जनाको हत्या विद्यालयमै हत्या, एक जना पक्राउ

एजेन्सी : चीनको ग्वाङ्डोङ प्रान्तको एक विद्यालयमा चक्कु प्रहार हुँदा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको घटनामा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

मृत्यु हुने तीन जनामध्ये एक शिक्षक र दुई जना अभिभावक छन्। आक्रमणमा एक जना घाइते पनि भएका छन्।

स्थानीय समय अनुसार सोमबार बिहान ७ बजेर ४० मिनेटमा एउटा प्ले स्कुलमा आक्रमण भएको थियो। त्यतिबेला अभिभावकहरू आफ्ना छोराछोरीलाई विद्यालय पठाउन पुगेका थिए।

प्रहरीले यसलाई ‘पूर्वनियोजित आक्रमण’ भनेको छ। तर, यसको पछाडिको कारण भने अझै खुल्न सकेको छैन।

विद्यालय नजिकैको पसलका मालिकले वरपरका क्षेत्रहरू सिल गरिएको जानकारी दिए।

असार २५, २०८० सोमबार १९:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।