चीनको एक प्ले स्कुलमा अन्धाधुन्ध चक्कु प्रहार, ६ जनाको मृत्यु

चीनको एक प्ले स्कुलमा अन्धाधुन्ध चक्कु प्रहार, ६ जनाको मृत्यु

एजेन्सी : चीनको ग्वाङडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

यो आक्रमण यस प्रान्तको एक प्ले स्कूलमा भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

यस घटनामा २५ वर्षीय युवकलाई पक्राउ गरिएको र आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पीडितको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन तर आक्रमण नियोजित भएको बताएको छ।

स्थानीय समय अनुसार सोमबार बिहान ७ बजेर ४० मिनेटमा आक्रमण भएको हो।

असार २५, २०८० सोमबार १५:२७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।