भारतको हिमाचलमा बाढीपहिरोका कारण १४ जनाको मृत्यु

भारतको हिमाचलमा बाढीपहिरोका कारण १४ जनाको मृत्यु

एजेन्सी : भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढीपहिरोमा परेर १४ जनाको मृत्यु भएको छ।

त्यहाँका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले प्रदेशमा अहिलेसम्म बाढीपहिरोका कारण १४ जनाको ज्यान गएको जानकारी दिएका हुन्।

अझै पनि भारी वर्षाको सम्भवना भएकाले आगामी २४ घण्टा घरबाहिर ननिस्कन उनले अपील गरेका छन्।

एक भिडियोमा उनले भने, ‘म फेरि एकपटक राज्यका जनतालाई आगामी २४ घण्टा घरमै बस्न अनुरोध गर्न चाहन्छु। आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना छ।’

उनले सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रका जनतालाई सहयोग गर्नसमेत आग्रह गरेका छन्। हिमाचल प्रदेशमा भारी वर्षाका कारण ब्यास लगायतका धेरै नदीमा बाढी आएको छ।

खोलाको तीव्र बहावमा मनाली र कुल्लुमा धेरै घर र सवारीसाधन बगेका छन्।

असार २५, २०८० सोमबार १५:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।