अमेरिकामा ९ जनामाथि गोली प्रहार गरी आरोपी फरार

अमेरिकामा ९ जनामाथि गोली प्रहार गरी आरोपी फरार

अमेरिकाको क्लिभल्याण्ड सहरको एक नाइटक्लब बाहिर आइतबार बिहान साढे २ बजे गोली चलेको छ।

घटनामा ९ जनालाई गोली लागेको छ, जसमा एक जनाको अवस्था गम्भीर छ। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ। 

घटनाछि आरोपी फरार रहेका र उनको खोजी भइरहेको स्थानीय प्रहरीले बताएको सीएनएनले लेखेकोछ। 

सीसीटीभी क्यामेराको फुटेजबाट आरोपीको पहिचान भइरहेको जनाइएको छ। 

घाइते हुनेहरूमा २३ देखि ३८ वर्षबीचका सात पुरुष र दुई महिला रहेका छन्। घाइतेहरूको घुँडा, खुट्टा र हातमा गोली लागेको समाचारमा उल्लेख छ। 

असार २५, २०८० सोमबार ०८:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।