रंगिन कला क्षेत्र किन हुँदैछ कालो ! विशेष भिडियो रिपोर्ट

रंगिन कला क्षेत्र किन हुँदैछ कालो ! विशेष भिडियो रिपोर्ट

काठमाडौँ : फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कन सकेर बेलुकी घर फर्किएका थिए अभिनेता सारुक ताम्राकार। 'इन्टु मिन्टु लन्डनमा', 'मेरी मामु', 'रानी' अनि 'नमरी बाँचे' फिल्ममा अभिनय गरेका उनी आशा गरिएका कलाकार थिए।

तर खै के भयो रातभरमा। बिहीबार बेलुका राति ११ बजे रातो पुलको आफ्नै घरमा उनको शव फेला पर्यो।

उनको उमेर ३१ वर्ष मात्र। कलाकार सानु ताम्रकारका छोरा उनी फिल्म क्षेत्रमा भिज्दै गइरहेका थिए। उनले अभिनय गरिरहेको ‘ह्यासट्याग माया’को ४५ प्रतिशत छायाङ्कन पनि सकिइसकेको थियो।

नायिका नम्रता श्रेष्ठको अपोजिट रोलमा रहेका उनी बिहीबार दिनभर फिल्मकै छायाङ्कनमा व्यस्त थिए। बेलुका घर फर्किए अनि कहिल्यै अभिनयमा नफर्कने निर्णय गरे। पासो लगाएको अवस्थामा उनको शव भेटिएको थियो। घटनास्थलको अवस्थाको आधारमा उनले आत्महत्या गरेको निष्कर्ष निकालेको छ प्रहरीले।

कलाकारिता क्षेत्र निकै भागदौड हुन्छ नै। अभिनय गरेको फिल्मको बक्स अफिस परिणामसँग कलाकारको भविष्य जोडिएको हुन्छ। न्यून आम्दानी तर स्टारडम व्यवस्थापन गर्नै पर्ने बाध्यतासँगै आउने दैनिक उतारचढावले मानसिक स्वास्थ्यमा असर पार्ने नै भयो।

तर सारुक न विवादमा तानिएका थिए न त उनको कुनै सम्बन्ध नै सार्वजनिक भएको थियो। एकाएक उनले गरेको निर्णयबाट उनको परिवार दुखी हुने नै भयो फिल्म क्षेत्र समेत दुखी बनाएर बिदा भए उनी।

हलिउड अनि बलिउडमा पनि आफ्नो जीवन आफैँले समाप्त पार्ने कलाकारहरू नभएका हैनन्। भारतमा त अभिनेता सुशान्त राजपूतको आत्महत्याको घटनाले अहिलेसम्म पनि बलिउड तरङ्गितै छ। नेपालमा पनि आत्महत्याको बाटो रोज्ने कलाकारहरूको सङ्ख्या बढिरहेको छ।

सङ्ख्या हेर्ने हो भने सारुक १० औँ नेपाली कलाकार हुन् जसले आफ्नो जीवन समाप्त पार्ने निर्णय आफैँ गरे।

कला क्षेत्रमा किन बढ्दै छ आत्महत्याको घटना ? उकेराको विशेष भिडियो रिपोर्ट :

२२ असार, २०८०, २२:२४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।