किलोकै १४० भारु परेपछि म्याकडोनाल्ड्सले बर्गरबाट हटायो गोलभेडा

किलोकै १४० भारु परेपछि म्याकडोनाल्ड्सले बर्गरबाट हटायो गोलभेडा

एजेन्सी : अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्याप्सबाट गोलभेडा हटाएको छ।

भारतमा गोलभेडाको मूल्य २८८ प्रतिशतले बढेपछि म्याकडोनाल्ड्सले बर्गर र र्याप्सबाट गोलभेडा हटाएको हो।

शुक्रबार भारतमा एक किलो टमाटरको भाउ १४० भारतीय रुपैयाँ पुगेको छ।

दिल्लीस्थित म्याकडोनाल्ड्सका केही स्टोरहरूले सूचनाहरू राखेर यसबारे जानकारी दिएका छन्।

ती सूचनामा लेखिएको छ, ‘सबै प्रयासका बाबजुद पनि गुणस्तरीय गोलभेडाको आपूर्ति सुनिश्चित गर्न सकेका छैनौँ। जसका कारण गोलभेडाविना खाद्यवस्तु खुवाउन बाध्य छौँ।’

यी पसल सञ्चालकहरूले समस्या गोलभेडाको मूल्यमा नभएर गुणस्तरमा भएको दाबी गरेका छन्। यद्यपि मूल्य मुख्य कारक भएको भारतीय सञ्चारमाध्यमको भनाइ छ।

असार २२, २०८० शुक्रबार १८:००:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।