मुखमै पिसाब भोगेका पीडितको खुट्टा धोएर मुख्यमन्त्रीले मागे माफी

मुखमै पिसाब भोगेका पीडितको खुट्टा धोएर मुख्यमन्त्रीले मागे माफी

भारतको मध्यप्रदेशमा भाजपाका विधायकका कार्यकर्ताले मुखमा पिसाब गर्दिएपछि पीडित बनेका आदिवासीलाई त्यहाँका मुख्यमन्त्रीले भेटेका छन्। 

मध्यप्रदेशका ती पीडित आदिवासी युवा र उनको परिवार बिहीबार मुख्यमन्त्री शिवराज सिंह चौहानलाई भेट्न निवासमै पुगेका थिए। 

मुख्यमन्त्री चौहानले पीडित आदिवासीको हात समातेर भित्र लगे। कुर्सीमा बसे । खुट्टा धोए, आरती उतारे र तिलकसमेत लगाइदिएका थिए।

चौहानले उनलाई दोसल्ला ओढाएर सम्मान गरे । भने, 'यो घटनाबाट म दुःखी छु। म तपाईंसँग माफी चाहन्छु। तपाईंजस्ता मानिसहरू मेरा लागि भगवान्जस्तै हुनुहुन्छ। दोषीलाई यस्तो सजाय दिन्छु कि; उदाहरण बनोस्।'

मंगलबार भारतीय जनता पार्टीका विधायकका प्रवेश शुक्ला नाम गरेका कार्यकर्ताले चुरोट तान्दै ती आदिवासीको मुखमा पिसाब गरेका थिए। जुन घटनाको भारतभर निन्दा गरिएको थियो। 

आदिवासी ती व्यक्ति दैनिक ज्यालादारी मजदुर गर्छन्। 

घटनापछि मुख्यमन्त्री चौहानले यस विषयमा कडा कारबाही गर्न निर्देशन दिएका थिए। त्यसपछि प्रहरीले आरोपितलाई जुलाई ४ को राति मुद्दा दर्ता गरी हिरासतमा लिएको थियो। पीडक शुक्लालाई जेल चलान गरिएको छ।

असार २१, २०८० बिहीबार १५:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।