मेक्सिकोमा बस दुर्घटना, १ वर्षको बालकसहित २७ जनाको मृत्यु

मेक्सिकोमा बस दुर्घटना, १ वर्षको बालकसहित २७ जनाको मृत्यु

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ। 

प्रान्तीय यातायात प्रहरीले ट्वीट गर्दै मेक्सिको सिटीबाट ओक्साका सहरतर्फ गइरहेको बस गहिरो खाडलमा खसेर दुर्घटना भएको जनाएको छ। 

दुर्घटनामा १७ जना घाइते भएका छन्। ओक्साकाका गभर्नरले ट्वीट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

म्याग्डालेना पेनास्को सहरमा बिहान साढे ६ बजे बस खाल्डोमा खसेको थियो। खाल्डो १० फिट गहिरो रहेको समाचारहरूमा जनाइएको छ। 

ओक्साका गभर्नरले दुर्घटनाबारे ट्वीट गर्दै दुःख जनाएका छन्। घाइतेहरूलाई सुरक्षाकर्मीहरूले अस्पताल लगेका छन्।

स्थानीयवासी र नगरपालिकाका कर्मचारीले घाइतेको उद्धारमा सघाएका थिए। तर, घटनास्थलमा स्वास्थ्यकर्मी नहुँदा घाइतेले उपचारका लागि समस्या भोगेका थिए।

घटनामा मृत्यु हुनेमा एक वर्षका बालक, १३ महिला र १३ पुरुष रहेका अधिकारीहरूले बताएका छन्।

असार २१, २०८० बिहीबार ०७:५६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।