समलिङ्गी विवाहबारे अधिवक्ता सुजन भन्छन्- ‘सर्वोच्चको आदेश नमान्ने को हो?, अब खुरुखुरु बिहे गरे हुन्छ’ (भिडियो संवाद)

समलिङ्गी विवाहबारे अधिवक्ता सुजन भन्छन्- ‘सर्वोच्चको आदेश नमान्ने को हो?, अब खुरुखुरु बिहे गरे हुन्छ’ (भिडियो संवाद)

काठमाडौं : सर्वोच्च अदालतले समानलिङगीविचको विवाहलाई कानुनी मान्यता दिन आवश्यक कानुन बनाउन आदेश दिएको लामो समयसम्म कानुनै बनेन। अनि सर्वोच्चले नै अल्पकालीन आदेश मार्फत अस्थायी रूपमा दर्ता गरेर अभिलेख राख्न अल्पकालीन आदेश दियो।

अदालतबाट आएको यो अल्पकालीन आदेश प्रशासनले कार्यान्वयन गर्ला? अधिवक्ता सुजन पन्त अन्य कानुनहरू संशोधन गर्न बाँकी भएकाले अस्थायी दर्ता गर्न भनेको बताउँछन्।

सर्वोच्चको आदेशपछि समानलिङगीविचको विवाहले कानुनी मान्यता पाउने बाटो खुलेको छ। तर प्रशासनबाट अवरोध हुने त हैन?

अधिवक्ता पन्त सर्वोच्चको आदेशपछि पनि अब कसैले विवाह दर्ताको प्रक्रियामा अवरोध गरे अदालतको अपहेलनमा जेल जानुपर्ने हुनसक्ने बताउँछन्।

'अस्थायी भने पनि कोर्ट म्यारिज गर्नुपर्यो भने जिल्ला अदालत जाने हो। अनि अदालतमा दर्ता भएको विवाह अस्थायी थियो अब यो भनेर कसैले खोस्छ र?' उनले भने।

उनीसँग उकेराकर्मी प्रजु पन्तले गरेको विस्तृत भिडियो संवाद :-

२० असार, २०८०, २१:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।