सुर्खेतका दिदीभाइको दुःखमा कोशी प्रदेशका मुख्यमन्त्रीको चासो, १० हजार सहयोगको प्रतिवद्धता

सर्खेत : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहताल—५ बड्डीचौर सुर्खेतकी कल्पना विक र उनका भाइ निखिल विकको विषयमा चासो राखेका छन्।
मुख्यमन्त्री कार्कीले बुधबार उकेराकर्मी जगतदल जनाला विकलाई फोन गरेर उनका बुवाआमा कारागार जानुको कारण र उनीहरूको अहिलेको अवस्थाको बारेमा जानकारी लिएका हुन्।
उनले दिदी भाइलाई खाद्यान्नको लागि १० हजार रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। उनले समाचार पढेपछि आफ्नो मन खिन्न भएको बताए।
‘त्यो समाचार हेरेपछि मलाई कस्तो मन खिन्न भयो र रातभर चिन्ता लाग्यो। बाहिरकोलाई प्रदेश सरकारबाट दिन नमिल्ने, यदि यहिको भइदिएको भए त त्यहि दिन नै क्याबिनेटबाट निर्णय गरेर उनीहरूलाई खाद्यान्न सहयोगसँगै बुवाआमालाई अदालतमा तिर्ने धरौटीको समेत व्यवस्थापन गर्न सकिन्थ्यो,’ मुख्यमन्त्री कार्कीले भने, ‘अहिलेलाई मैले १० हजार रूपैयाँ व्यक्तिगत पठाइदिन्छु। अन्य दाताहरू पनि खोजेर यो समस्याको दिगो समाधान गर्नुपर्छ।’
मंगलबार उकेराले कल्पना र निखिलको बारेमा ‘घरमा चामल सकिएपछि कारागारमा आमाबुवासँग माग्न पुगेका दिदीभाइ’ शिर्षकको समाचार छापेको थियो।
असार २०, २०८० बुधबार १९:५६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।