भारतीय केन्द्रीय मन्त्रीको दाबी : पेट्रोलको मूल्य १५ रुपैयाँ प्रतिलिटर हुनेछ

भारतीय केन्द्रीय मन्त्रीको दाबी : पेट्रोलको मूल्य १५ रुपैयाँ प्रतिलिटर हुनेछ

भारतीय केन्द्रीय मन्त्री नितिन गडकरीले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ लिटर हुन सक्ने बताएका छन्।

प्रतापगढको एक कार्यक्रममा सडक तथा यातायात मन्त्री गडकरीले अगस्टमा टोयोटा कम्पनीका गाडीहरू लन्च गर्ने पनि जानकारी दिए। यस क्रममा उनले अब सबै सवारीसाधन किसानले तयार पारेको इथानोलमा चल्ने बताए। अब देशका किसान खाद्यान्न मात्र नभई ऊर्जादाता बन्ने उनले दाबी गरे। 

राजस्थानको प्रतापगढमा एक र्यालीलाई सम्बोधन गर्दै मन्त्री गडकरीले भने, 'यदि औसत ४० प्रतिशत बिजुली र ६० प्रतिशत इथानोल समात्यो भने पेट्रोलको मूल्य १५ रुपैयाँ प्रतिलिटर हुनेछ। यसले देशका जनतालाई फाइदा पुग्छ। प्रदूषण कम हुनेछ, किसान अन्नदाताबाट ऊर्जादाता बन्नेछ।' 

मन्त्री गडकरीले कांग्रेसले गरिबी उन्मूलनको नारा दिएको तर यति वर्ष शासन गरे पनि गरिबी उन्मूलन गर्न नसकेको बताए।

असार २०, २०८० बुधबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।