भाजपा विधायकका प्रतिनिधिले आदिवासी व्यक्तिको मुखमै पिसाब गर्दिए

भाजपा विधायकका प्रतिनिधिले आदिवासी व्यक्तिको मुखमै पिसाब गर्दिए

भारतको मध्यप्रदेशमा एक व्यक्तिले अर्का व्यक्तिको मुखमै पिसाब गरिदिएका छन्। 

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा प्रवेश शुक्ला नाम गरेका एक व्यक्तिले चुरोट तान्दै एक व्यक्तिको मुखमा पिसाब गरिदिएको देखिएको छ। पीडित दैनिक ज्यालादारी मजदुर हुन्। उनी आदिवासी समुदायबाट आएका हुन्।

ती पीडित निकै डराएको प्रहरीले जनाएको छ। उनले आरोपितविरुद्ध कुनै मुद्दा दर्ता गर्न चाहेका छैनन्। कारण, आरोपी भारतीय जनता पार्टी भाजपा सम्बन्धित व्यक्ति हुन्। 

भाइरल भिडियो ६ दिन पुरानो भएको प्रहरीले जनाएको छ। प्रहरीले यो भिडियो जुलाई ४ को भएको बताएको छ। 

घटनापछि मुख्यमन्त्री शिवराज सिंहले यस विषयमा कडा कारबाही गर्न निर्देशन दिएका छन्। त्यसपछि प्रहरीले आरोपितलाई जुलाई ४ को राति मुद्दा दर्ता गरी हिरासतमा लिएको थियो। 

प्रवेश शुक्ला नाम गरेका ती व्यक्ति भारतीय जनता पार्टी (भाजपा) का विधायक केदारनाथ शुक्लाका प्रतिनिधि मानिएको छ। तर केदारनाथ शुक्लाले भने यसलाई अस्वीकार गर्दै आएका छन्।

आजतकसँग सम्बद्ध रविश पाल सिंहसँगको कुराकानीमा केदारनाथ शुक्लाले भने, ‘उनलाई चिन्छु तर कहिल्यै प्रतिनिधि बनाएको छैन।'

मध्य प्रदेशका भाजपा मिडिया इन्चार्ज आशीष अग्रवालले पनि प्रवेश शुक्ला नामका व्यक्तिको भाजपासँग कुनै सम्बन्ध नभएको बताएका छन्।

यता अभियुक्त प्रवेशका बुबा रमाकान्तले भने आफ्नो छोरा विधायकको प्रतिनिधि भएको बताएका छन्। आजतकका हेमेन्द्र शर्माको रिपोर्टअनुसार रमाकान्तले भने, ‘मेरो छोरा प्रवेश बीजेपी नेता हुन् र ४-५ वर्षदेखि एमएलए प्रतिनिधि भएका छन्। त्यसैले उनी राजनीतिक षड्यन्त्रको शिकार बनिरहेका छन्।’

असार २०, २०८० बुधबार १०:१३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।