अमेरिकास्थित भारतीय वाणिज्यदूतमा खालिस्तानी विद्रोहीले आगो लगाइदिए

अमेरिकास्थित भारतीय वाणिज्यदूतमा खालिस्तानी विद्रोहीले आगो लगाइदिए

खालिस्तान समर्थकहरूले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासमा आगजनी गरेका छन्।

तर, दमकलको तुरुन्तै आगोलाई नियन्त्रणमा लिइएको र घटनामा कुनै मानवीय क्षति भने नभएको टाइम्स अफि इन्डियाले लेखेको छ। अमेरिकाले घटनाको कडा शब्दमा निन्दा गर्दै कारबाही गर्न भनेको छ। 

मिडिया रिपोर्टका अनुसार केही खालिस्तानी कट्टरपन्थीहरूले आइतबार जुलाई २ मा बिहान डेढ बजे देखि साढे २ बजेसम्मको बीचमा सान फ्रान्सिस्कोमा रहेको वाणिज्य दूतावासमा आगजनी गरेका थिए।

आगो द्रुत रूपमा वाणिज्य दूतावासमा फैलिएको थियो। तर, तत्कालै दमकललाई खबर गरेपछि दमकलको टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको हो।

खालिस्तानी कट्टरपन्थीहरूले घटनाको भिडियो सामाजिक सञ्जालमा पनि राखेका छन्। 

सामाजिक सञ्जालमा अमेरिकाका लागि भारतीय राजदूत तरनजीत सिंह सन्धु र अमेरिकास्थित भारतीय महावाणिज्य दूत डा. टीभी नगेन्द्र प्रसादलाई लक्षित गरी पोस्टर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

खालिस्तानीहरूले यी दुईलाई क्यानडामा खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्या गरेको आरोप लगाएका छन्। 

अमेरिकी सरकारले पनि आगजनीको घटनाप्रति चिन्ता व्यक्त गर्दै घटनाको निन्दा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आगजनीको घटनाको अमेरिका कडा निन्दा गर्दछ।'

असार १९, २०८० मंगलबार ०९:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।