ट्विटरमा पोष्टहरूको संख्या सीमित पार्दै एलन मस्क

ट्विटरमा पोष्टहरूको संख्या सीमित पार्दै एलन मस्क

सामाजिक सञ्जाल ट्विटरका मालिक एलोन मस्कले शनिबार आफ्नो पढिने ट्वीटको संख्या सीमित गर्ने घोषणा गरेका छन्।  

शनिबार ट्वीट गर्दै उनले अब एक अनभेरिफाइड अकाउन्टबाट एक दिनमा बढीमा १ हजार पोष्ट मात्र पढ्न सकिने बताए। तर, नयाँ अप्रमाणित खाताको हकमा यो सीमा ५०० मात्र हुने उनले लेखेका छन्। 

मस्कले शनिबार दुई पटक आफ्नो ट्विट एडिट गर्दै प्रमाणित खाता (भेरिफाइड एकाउन्ट) को हकमा एक दिनमा अधिकतम १००० पोष्टहरू पढ्न सकिने बताएका हुन्। 

मस्कका अनुसार अहिले भेरिफाइड अकाउन्टबाट दैनिक ६ हजार पोष्ट मात्र पढ्न पाइन्छ। अप्रमाणित खाताको हकमा यो सीमा प्रति दिन ६०० पोष्टहरूमा सीमित छ। नयाँ अप्रमाणित खाताहरूको हकमा यो सीमा प्रतिदिन ३०० पोस्टहरूमा सीमित छ।

 

Rate limits increasing soon to 8000 for verified, 800 for unverified & 400 for new unverified https://t.co/fuRcJLifTn

— Elon Musk (@elonmusk) July 1, 2023

असार १७, २०८० आइतबार ०८:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।