रंगभेदी अभिव्यक्ति दिएको आरोपमा पीएसजीका प्रशिक्षक छोरासहित पक्राउ

रंगभेदी अभिव्यक्ति दिएको आरोपमा पीएसजीका प्रशिक्षक छोरासहित पक्राउ

फ्रान्सेली फुटबल क्लब पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियर र उनका छोरा जोन भालोभिक पक्राउ परेका छन्।

उनीहरूलाई अहिले प्रहरी हिरासतमा राखिएको छ। अप्रिलमा फ्रान्सकै अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरी आवश्यक सोधपुछ गरेको रोयटर्सले लेखेको छ। गाल्टिएरले निसको टोलीमा काला र मुस्लिम खेलाडी धेरै भएको टिप्पणी गरेका थिए। यद्यपि उनले आफ्नो अभिव्यक्तिको खण्डन गर्दै आएका छन्। 

उनी डिसेम्बर १५ मा निसको अदालतमा उपस्थित हुनुपर्नेछ। 

असार १६, २०८० शनिबार १०:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।