असार १५ को रमाइलो (तस्बीरहरू)

असार १५ को रमाइलो (तस्बीरहरू)

बुटवल : आज असार १५। देशभर विभिन्न रुपमा राष्ट्रिय धान दिवस मनाइँदै छ।

बुटवलमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ। बुटवल तामनगरमा तामनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा धान दिवस मनाएको हो।

धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले किसानलाई उन्नत बिउविजन र मलको व्यवस्थापन गर्नमा आफूहरु लागिरहेको बताइन्।

साथै उनले अब निर्वाहमुखी भन्दा पनि व्यावसायिक कृषि गर्नुपर्नेमा जोड दिंदै किसानको उत्पादनलाई बजारिकरण गर्न उपमहानगरपालिकाले पहलकदमी लिने बताइन्।

१५ असार, २०८०, १२:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।