दिल्ली उच्च अदालतमा आज सुनुवाइ, के भारतमा प्रतिबन्ध होला 'आदिपुरुष' ?

दिल्ली उच्च अदालतमा आज सुनुवाइ, के भारतमा प्रतिबन्ध होला 'आदिपुरुष' ?

फिल्म 'आदिपुरुष' माथि प्रतिबन्ध लगाउन दायर गरिएको निवेदन सुनुवाइ आज अर्थात् शुक्रबार दिल्ली उच्च अदालतमा हुनेछ।

यो निवेदन दुई साताअघि दर्ता भएको थियो। पछिल्लो पटक अदालतले यस मुद्दाको छिट्टै सुनुवाइ गर्न अस्वीकार गरेको थियो। जुन २१ मा यो मुद्दा न्यायाधीश तारा वितास्त गञ्जु र अमित महाजनको अवकाश इजलासमा पेश भएको थियो।

यसबारे बेञ्चले फिल्म रिलिज भइसकेकाले छिट्टै सुनुवाइ गर्नुको कुनै अर्थ नरहेको बताएको थियो। अदालतले सुनुवाइका लागि जुन ३० को समय दिएको थियो। फिल्मलाई प्रतिबन्ध लगाउन हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले निवेदन दिएका छन्। 

विष्णु गुप्ताले निवेदनमा भनेका छन्, ‘फिल्ममा हाम्रा आराध्य देवताहरूलाई गलत रूपमा चित्रण गरिएको छ, जुन आपत्तिजनक छ। त्यसैले यस्तो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्छ। 

हिन्दू सेनाको निवेदनमा भनिएको छ कि फिल्म 'आदिपुरुष'मा जसरी भगवान राम, माता सीता र हनुमानलाई चित्रण गरिएको छ त्यो महर्षि वाल्मीकिको रामायण र तुलसीदासको रामचरितमानसको एकदमै विपरीत छ। 

ओम राउत निर्देशित यो चलचित्रले हिन्दूहरूको भावनामा चोट पुर्याएको भन्दै भारतभर आलोचित बनेको थियो।

यस फिल्म नेपालमा समेत विवादित बनेको थियो। करिब ७ सय करोड भारुमा बनाइएको भनिएको यस फिल्म १६ जुनमा रिलिज भएको थियो। विवादै विवादबीच फिल्मले भने विश्वव्यापी ४५० करोड भारु भने कलेक्सन गरिसकेको छ। तर फिल्म बक्स अफिसमा फ्लप भएको छ। 


 

असार १५, २०८० शुक्रबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।